बुटवल । नेपाल बैंकर एसोसिएसन (एनबिए) लुम्बिनी प्रदेशको संयोजकमा एनएमबि बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख नविन बिष्ट चयन भएका छन् । एशोसियसनको सहसंयोजकमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख सुमिर शम्सेर जबरा चयन भएका हुन् । एशोसियसनको सदस्य सचीवमा हिमालयन बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख अनुसुया बस्न्यात चयन भएका छन् ।
एशोसिएसनको प्रदेश सदस्यहरुमा प्रभु बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख सुवास कुँवर, नेपाल एसबिआइ बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख शिव दाहाल, नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख सुशील कुमार नेपाल चयन भएका हुन् ।
संयोजकका रुपमा चुनिएका नविन बिष्ट झन्डै डेड दशक देखि बैँकिङ्ग क्षेत्रमा कार्यरत छन् । नवनियुक्त संयोजक बिष्टका अनुसार एशोसिएसनले आगामी दिनहरूमा लुम्बिनी प्रदेशमा अन्तरबैंक सम्बन्ध एवं लुम्बिनी प्रदेशमा रहेका बैंकका कर्मचारीहरु बीच दिगो सम्बन्ध स्थापित गर्ने एवं वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य तथा शिक्षा क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरू ल्याउने बताए ।



