बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २२ औं साधारणसभा एवं ११ औं अधिवेशन बाट अध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित हुनुभएको छ । भण्डारीले ५५० मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी बाबुराम गौतमले ४५२ मत प्राप्त गर्नुभयो ।संघको बरिस्ठ उपाध्यक्ष पदमा माधव कुमार खनाल,पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा टंक प्रसाद पराजुली (प्रकाश) द्वितीय उपाध्यक्षमा प्रेम प्रसाद भट्टराई ,महासचिवमा अर्जुन थापा,सचिवमा थमन बहादुर भण्डारी ,सहसचिवमा मोहन बस्याल र सह कोषाध्यक्षमा माधव ढकाल निर्वाचित भएका छन् ।
कोषाध्यक्ष पदमा भने रामबहादुर न्यौपाने यश अघि नै निर्विरोध निर्वाचित भइसक्नु भएको छ । महासचिवमा निर्वाचित अर्जुन थापा, प्रथम उपाध्यक्षमा निर्वाचित प्रेम प्रसाद भट्टराई, सचिव थम्मन भण्डारी र सहसचिवमा निर्वाचित अर्जुन पोखरेल लेखनाथ भण्डारी प्यानलबाट उम्मेदवार बन्नु भएको थियो ।
त्यसैगरी सदस्यहरुमा भने एक जना सदस्य बाहेक १० सिट बावुराम गौतम प्यानलले जितेको छ । मतगणनाको अन्तिम परिणाम अनुसार सदस्य पदमा एक बहादुर गाहा मगर,केशवराज पाण्डे एकदेव पाण्डे,कमला पाण्डे, दामोदर पौडेल, धनकुमारी शर्मा,नारायण प्रसाद श्रेष्ठ, बावुराम अर्याल,मुरारी पाण्डेय,यज्ञमुर्ति भण्डारी,सिता ढकाल र सुन्दर कुमार श्रेष्ठ बिजयी हुनु भएको छ । संघमा हाल रुपन्देहीका १ हजार २ सय ३ व्यवसायी आवद्ध रहेकोमा १०७० जनाले मतदानमा भागलिएका थिए ।



