तिलोत्तमा । तिलोत्तमा बुद्धज्योति लायन्स क्लवद्वारा सामुदायिक स्वास्थ्य बाटिका निर्माण गरिएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा रहेको शंकरनगर स्वास्थ्य चौकिको प्राङगणमा क्लवको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक स्वास्थ्य बाटिका निर्माण गरेको हो ।
सामुदायिक स्वास्थ्य बाटिकाको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले तिलोत्तमा बुद्धज्योति लायन्स क्लवले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याणका क्षेत्रमा पुर्याएको योगदान अनुकरणीय रहेको बताउनुभयो । साथै नगरप्रमुख खाणले यस किसिमका वाटिका निर्माणले पर्यावरण संरक्षण, हरियाली प्रर्वद्धनका साथै स्वास्थ्य चौकिको सौन्दर्यकरणमा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा शंकरनगर स्वास्थ्य चौकिका प्रमुख राजेश ज्ञवालि, लायन्स एरिया ३ का एरिया चिफ विनोद सुवेदि, तिलोत्तमा २ का वडा अध्यक्ष दिलबहादुर भट्टराई लगायतले मन्तव्य राख्नुभएको थियो । सामुदायिक स्वास्थ्य बाटिका निर्माणमा करिव २ लाख ३० हजारको लागत सम्पन्न भएको क्लवका अध्यक्ष देवबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार आगामि दिनमा स्वास्थ्य बाटिकालाई थप व्यवस्थित र क्षेत्रफलको विस्तार गरिने बताउनुभयो ।
पार्कको सौन्दर्यकरणले स्वास्थ्य चौकिमा सेवा लिन आउने सेवाग्राहिलाई लाभ पुग्ने उहाँको भनाई छ । उक्त कार्यक्रममा लायन्स क्लवका नयाँ प्रवेशि सदस्यद्वय तिलक कुँवर र दिपक के.सि.लाई पिन हस्तान्तरण गरिएको क्लवका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पन्थीले जानकारी दिनुभयो ।
क्लवका अध्यक्ष देव बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कार्यक्रम संयोजक तथा क्लवको चार्टड प्रेसिडेन्ट भक्त बहादुर खड्का र प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।



