भैरहवा । नेपाली कांग्रेस सिद्दार्थनगर समितिले प्रथम नगर क्रियाशील भेला एबम शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । यहि कार्तिक १० गते शनिबार हुने नगर भेलाको पुर्व गृहमन्त्री एबम नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले उद्घाटन गर्ने नगर सभापति कोसिस बहादुर खड्काले जानकारी दिनुभयो ।
भेलामा नगरमा रहेका १६ सय बढी क्रियाशील सदस्य, भातृ एबम शुभेच्छुक सस्था, वडा सभापति, शुभेच्छुक तथा सबै कांग्रेस प्रति आस्थावानहरुलाइ सहभागी गराउने गरि तयारी गरिएको खड्काले बताउनु भयो । उक्त भेलामा पुर्वा नगर सभापतिहरुलाइ सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।
बिजया दशमी, शुभ दिपावली, छ्ठ र नेपालसम्मवतको अबसर पारेर कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको तयारिका लागि बिहिबार भेला स्थल गल्लामण्डी स्थित दरवार बैक्क्युटमा बसेको नगर समितिको बैठकले सम्मेलन एबम शुभकामना आदान प्रदान कार्यक्रमलाई भब्य रुपमा सफल पार्ने निर्णय गर्दै कार्यक्रममा सकृय सहभागिताका लागी सबै कांग्रेसजन एबम शुभेच्छुकहरुलाइ आग्रह गरेको कार्यक्रम सयोजक एबम नगर उपसभापति देवराज न्यौपानेले जानकारी दिनुभयो ।



