बुटवल । रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गर्न लागेको राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई विगतको भन्दा परिमार्जित एवं विशिष्ठिकृत गर्ने योजना र लक्ष्य सहित काम अगाडी बढाएको छ । आगामी पुष७ देखि १९ गतेसम्म आयोजना गर्न लागिएको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारीका क्रममा विगतका अयोजना भन्दा नयाँ ढंगको व्यवस्थापन तथा सहभागीता रहने जनाइएको छ । राजधानी वाहिर निमार्ण भैरहेको आधुनिक प्रदर्शनी स्थलमा पहिलो पटक आयोजना हुन लागेको प्रदर्शनीप्रति सबैको चासो बढेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित बुटवल मण्डपमा निमार्णाधिन आधुनिक प्रदर्शनी केन्द्रमा संघले पहिलो पटक प्रदर्शनी गर्न लागेको छ । प्रदर्शनी केन्द्रको भौतिक निमार्णको काम पुरा नभएको भएपनि प्रदर्शनी आयोजनागर्न सकिने अवस्था बनेको हुदा त्यसमा आवश्यक थप कामहरु पुरा गरि कार्यक्रम सम्पन्नगर्न लागिएको उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले जानकारी दिए ।
नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघसँगको संयुक्त आयोजनामा“संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशीउद्यमशिलताको विस्तार”भन्ने मुल नाराका साथ बुटवलमा आधुनिक प्रदर्शनी स्थलमा प्रदर्शनी आयोजना गर्न लागिएको छ । संघले आयोजनागर्न लागेको यो प्रदर्शनीपन्ध्रौं संस्करण हो । ‘प्रदर्शनीमा स्वदेशीउत्पादन र प्रविधिमात्र समावेश गरिने हुदा यसको छुटै पहिचान छ । हामीलाई उपभोक्ता र दर्शकको कुनै कमी रहदैन ।’, मेला मूल आयोजक समिति संयोजक एवं संघका अध्यक्ष माधव प्रसाद पौडेलको भनाई छ । कोरोनाका कारण लामो समयदेखि प्रदर्शनी आयोजना हुन नसकेकाले पनि यसपटक संघले आयोजना गर्न लागिको प्रदर्शनीप्रति सबैतर्फ उत्साहाको माहोल पाएको उनले बताए ।
स्टल दर्तामा चाप स्टल सिमित
प्रदर्शनीमा सहभागिताको लागि स्टल दर्ताको चाप धेरै भएको आयोजकले जनाएका छन् । स्टल बुकिङ खुल्लागरिएको र दर्ताको काम अन्तिम चरणमा पुगेको प्रदर्शनी सदस्य सचिव हरिबहादुर खत्रीले बताए । रुपन्देही उद्योग संघले आयोजना गर्ने प्रदर्शनीमा स्टलको चाप सधै रहने बताउदै निश्चित मापदण्ड र प्रक्रिया पुरा गरेका स्वदेशी उत्पादनहरु मात्र समावेश गरिने हुदा अन्य मेला जस्तो नहुने उनको भनाई छ । प्रदर्शनीमा सहभागिताका लागि स्टलको माग गर्दै धेरै उद्योगीहरु आएको खत्रीले बताए ।
स्टल व्यवस्थापन उपसमितिका संयोजक दिलिप सापकोटाका अनुसार यस पटक प्रदर्शनीलाई व्यवस्थित बनाउने गरि विभिन्न प्रकृतिका ९ वटा आधुनिक पेभिलियनको निमार्ण गरिने छ । जसमाखाद्यान्न, हस्तकला, वेकरी, किचेनवयर, कृषि, जुत्ताचप्पल, कस्मेटिक, गार्मेन्ट र औद्योगिकगरि ९ वटा पेभिलियन रहने सापकोटाले बताउनु भयो । तिपेभिलियनहरुमाकममा ३२ र वढीमा ३९ वटासम्म स्टल रहने छन् । स्वदेशी उत्पादनमात्र समावेश गरिने प्रदर्शनीमा राष्ट्रिय स्तरका उद्योगहरुसहित यस क्षेत्रमा सानाठूला उद्योगका उत्पादनहरु रहने उहाको भनाई छ । ‘हामीले रातदिन नभनी कामलाई तिव्रता दिएका छौं, समयभित्रै प्रदर्शनीस्थलमा बन्ने सम्पूर्ण भौतिक संरचना तयार हुनेछन् ।’–सापकोटाले भने ।
प्रदर्शनीमा सहभागिताका लागि स्टलको माग देख्दा पु¥याउन नसकिने होकि भन्ने चिन्ता लागेको प्रदर्शनी प्रबन्धक यादव प्रसाद भण्डारीले बताए । भण्डारीका अनुसार हालसम्म २५० स्टल दर्ता भैसकेको र सिमित स्टलहरु मात्रबाकि रहेको अव सहभागी हुन आउने उद्योगहरुको छनौट गर्नु पर्ने बाध्यता आउन सक्ने हुदा चाहाना राख्ने उद्योगीहरुलाई चाडो आउन आग्रह गरेका छन् ।
मैदानमा निमार्णको काम
अहिले प्रदर्शनी स्थल बुटवल मण्डपमा निमार्णको धमाधम अगाडी बढेको छ । प्रदर्शनीको मुलकेन्द्र हलको छाना छाउनका लागि आवश्यक टिन भन्सारमा आएको र फिट गर्ने काम छिटै सुरु हुने जनाइएको छ । त्यसपछि स्टल पार्टिसनको काम थालिने स्टल निमार्ण समितिका संयोजक सापकोटाले बताए ।
यतामञ्च, होटेल÷रेष्टुरेण्ट तथा बाल मनोरञ्जन स्थलको मैदान सम्याउने र निमार्ण गर्ने कामको थालनी भएको छ । यसैगरि पार्किङको व्यवस्थान, टिकट घरको निमार्ण र प्रचारप्रसारको काम छिटै सुरु हुने प्रचारप्रसार उपसमितिका संयोजक लालहरि पाण्डेले जानकारी दिए ।
सापकोटाका अनुसार स्टल राख्ने आधुनिकहलको काम सकिएको र त्यसमा स्टलहरु बनाउने गरि नक्शा डिजाइन गरिएको छ । त्यसैगरि निमार्णाधिन केन्द्रको उत्तरतर्फको भागमामञ्च र होटल रेष्टुरेन्ट राखिने योजना सहितजमिन सम्याउने काम अगाडी बढेको छ ।
धमाधम उपसमिति विस्तार
प्रदर्शनीको कामव्यवस्थित रुपमा अगाडी बढाउने उद्देश्यसहित विभिन्न क्षेत्रका उद्योगीव्यवसायीहरुलाई समेटर ३१ वटा विभिन्न उपसमिति गठन गरि जिम्मेवारी वाँडफाड गरिएको छ । यसरी गठन गरिएका उपसमितिहरुको बैठक वसी कामलाई अगाडी बढाउने गरेको संघका प्रथम उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले बताए ।
यसैक्रममा संघका महिला सचिव मञ्जु भुसालको संयोजकत्वमा गठित परिचयपत्र(स्टल) उपसमिति विस्तार गरिएको छ । जसको सह संयोजकमा अर्जुन सापकोटा, सदस्यहरुमा गणेश पाण्डे, मधु पोखरेल र नेत्र प्रसाद आचार्य रहनु भएको छ । यता सास्कृतिक उपसमितिको संयोजक मोहनीलाल रिजाल, सहसंयोजकमा लक्ष्मण खड्का र सदस्यहरुमा डिल्लीनारायण पाण्डे, गोपाल अधिकारी, लोकेन्द्र शाह, नारायण लेकाली, दिपककार्की, दिपक गर्रौजा, रुकु पाण्डे, तिलक नेपाली, विजय सापकोटा, मिना बुढाथोकी रहनु भएको छ ।
विशाल वेलवासे संयोजक रहेको बिद्युत व्यवस्थापन उपसमितिको सहसंयोजकमा देवीराम पाण्डे, सदस्यहरुमा पे्रमलाल पाण्डे, महेन्द्र सुवेदी, ऋषि पाठक, यज्ञनाथ मरासिनी र किसनबहादुर केसी रहेका छन् ।



