भैरहवा । आज देखि बैशाख २ गते सम्म चितवनमा हुने प्रथम बागमती अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता २०८० अन्तर्गत हुने तेक्वान्दो प्रतियोगितामा सहभागी हुने लुम्बिनी प्रदेश तेक्वान्दो टिमलाइ बिदाई गरिएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीका कोषाध्यक्ष कोशिश बहादुर खडकाले एक कार्यक्रमका बिच द्टिम अफिसियल तथा खेलाडीहरुलाइ खादा लगाएर सम्मान सहित बिदाइ गरेका हुन ।
लुम्बिनी प्रदेश तेक्वान्दो टिम बाट ११ जना महिला खेलाडी तथा ११ जना पुरुष खेलाडी हरु पुम्से तथा ग्यारोगी मा प्रतिस्पर्धा गर्ने टिममा कोच मदन थापा तथा बिष्णु चौधरी रहेका छन् । त्यस्तै टिम ब्यवस्थापकमा राम प्रसाद कहार रहेका छन् ।
कार्यक्रममा बोल्दै नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य समेत रहेका खड्काले लुम्बिनी प्रदेश प्रतियोगितामा प्रथम हुनेमा पुर्ण बिस्वस्त रहेको र तेक्वान्दो टिमको स्वर्ण पदक द्वारा नै लुम्बिनी प्रदेश समग्र प्रतियोगितामा प्रथम स्थान हासिल गरि इतिहास कोर्न सफल हुने बिस्वत ब्यक्त गरे ।



