तिलोत्तमा । तिलोत्तमाका स्वास्थ्य स्वयंसेविकालाई साइकल बितरण गरिएको छ । सेवा प्रवाहलाइ थप गतिशिल बनाउन १६ जना स्वास्थ्य स्वयंसेविकालाई साइकल बितरण गरिएको हो । सेवा प्रवाहलाइ थप गतिशिल बनाउनका लागि रुपन्देहीको तिलोत्तमामा क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल बितरण गरिएको छ ।
करिब २ लाखको लागतमा तिलोत्तमा वडा न १७ का १६ जना स्वास्थ्य स्वयंसेविकालाई नगर प्रमुख रामकृष्ण खाँण वडा नं १७ का वडा अध्यक्ष दानबहादुर चौधरी लगायतले साइकल बितरण गरेका हुन । सो अबसरमा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान पु¥याउँदै आएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस भन्ने उदेश्यले साइकल वितरण गरिएको बताए ।
‘मानव जीवनको आधारभूत आवश्यकता स्वास्थ्य क्षेत्रको विकास र सुधार गर्न जरुरी छ’, उनले भने – ‘सबै मिलेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्छ । कोरोनाको महामारीमा पनि स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनीय रहेको भन्दै नगरलाइ स्वास्थ्यक्षेत्रमा अब्बल बनाउन थप योगदान दिन आग्रह गरे ।
तिलोत्तमा १७ का वडाध्यक्ष चौधरीलले ‘स्वयंसेविकालाई स्वास्थ्यसम्बन्धी काम गर्दा सजिलो होस भनेर साइकल वितरण गरेको बताए ।
महिला स्वास्थ्य स्वयंसेविका साबित्रा पाण्डे बस्यालले साइकल बितरण आवश्यक रहेको र यसले सेवाप्रबाहमा आफूहरुलाइ सजिलो हुने र घरघरमा पुग्ने बताईन ।
कार्यक्रममा तिलोत्तमा वडा न १७ का सचिव हरिप्रसाद खतिवडा, वडा न ५ का वडाध्यक्ष रमेश डुम्रे,शोभा राना, टोलबिकासका अध्यक्ष बुद्धिबल न्यौपाने,वडासदस्य सन्तबहादुर बस्नेत लगायतले बोल्दै साइकलको सहि सदुपयोग हुनुपर्ने बताए ।
महिला स्वास्थ्य स्वयंसेविकाले आ–आफ्नो क्षेत्रमा स्थायी÷अस्थायी परिवार नियोजनबारे परामर्श र सेवा उपलब्ध गराउने, मातृ स्वास्थ्य प्रवद्र्धनअन्तर्गत गर्भवती महिलालाई स्वास्थ्य संस्थामा ४ पटक गर्भ जाँचका लागि प्रोत्साहन, गर्भवती महिलालाई आइरन चक्की वितरण, स्वास्थ्य संस्थामा प्रसूति गराउन प्रोत्साहनलगायत काम गर्दै आएका छन् ।



