बुटवल । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रविन पोखरेल निर्वाचित हुनु भएको छ । बुटवलमा सम्पन्न नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशनबाट ८४ मत अन्तर सहित उहाँ निर्वाचित हुनु भएको हो ।
अध्यक्ष पदको लागि ४ जनाको प्रतिस्पर्धा थियो । अध्यक्षमा निर्वाचित पोखरेलले ५१० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत, विजय गुरुङले २२९ मत र रश्मी शिल्पकारले ५१ मत प्राप्त गर्नुभएको छ ।
महाधिवेशनमा देशभरका १७८ शाखाबाट १२४६ जना मतदाता रहेकोमा १२१६ मत खरेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै चार कार्यकारिणी उपाध्यक्ष पदमा अनुप सुनुवार, राजाराम गौतम, भिमबहादुर कुंवर(राजु) र सन्दिप अग्रहरी तथा १२ उपाध्यक्ष पदमा अमर घिमिरे, सौरब श्रेष्ठ, राजन शर्मा पौडेल, सीता कुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ्, स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नबराज उपाध्याय, गणेश सापकोटा र अचुत उप्रेती निर्वाचित हुनुभएको छ ।
त्यस्तै जेसीज विधान अनुसार अध्यक्षले मनोनित गर्ने महासचिव पदमा सरोज अधिकारी, कानुनी सल्लाहकारमा नरेशचन्द्र ओझा र कोषाध्यक्ष पदमा खेमराज थापा मनोनित गरिएको छ ।



