तिलोत्तमा । रोटरी क्लब अफ रुपन्देहीद्वारा रोटरी पार्कको सरसफाई गरेको छ । तिलोत्तमा नगरपालिका ८ मा रहेको करहिया सामुदायिक बनमा अवस्थित रोटरी पार्कको सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा रोटरी क्लब अफ रुपन्देही अध्यक्ष हरी लम्साल , रोट्रयाक क्लब अफ रुपन्देही अध्यक्ष शिशिर न्यौपाने , रोटरी क्लब अफ रुपन्देही सचिव थानेश्वर चापागाई , पुर्व अध्यक्षहरु लगायत करिव ४० जना रोटरीयनहरुको सहभागितामा कार्यक्रम भएको थियो ।
सो अवसरमा रोटरी क्लव अफ रुपन्देहीका अध्यक्ष हरि लम्सालले क्लबले गर्दै आएको सामाजिक कार्यप्रति खुसी ब्यक्त गदै आगामी दिनमा पनि क्लबले यस्तै थुप्रै कार्यकम गर्दै समाजमा छुट्टै पहिचान गराउन सफल रहने बताउनुभयो ।



