बुटवल । राष्ट्रिय अग्रहरी समाज नेपालका संस्थापक अध्यक्ष डा.योगेन्द्र अग्रहरीले आफुहरुलाई अल्पसंख्यक र पिछदिएको वर्गमा सुचिकृत गर्न माग गर्नु भएको छ । शनिवार बुटवलमा भएको समाजको दोस्रो साधारणसभामा डा.अग्रहरीले आरक्षण नभएर संरक्षण चाहेको बताउदै आफुहरुलाई अल्पसंख्यकमा सुचिकृत गर्न राज्यलाई दवाव दिनु पर्ने उल्लेख गर्नुभयो ।
उहांले रुपन्देही, कपिलवस्तु, नवलपरासी र पुर्वको विराटनगर, विरगंजमा गरी करिव नौं हजारको संख्यामा रहेका आफुहरु अल्पसंख्यक र पिछदिएको वर्गमा सुचिकृत गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा समाजका भैरहवाका निवर्तमान अध्यक्ष जोगेन्द्र अग्रहरीले समाजले विभिन्न आरोह अवरोह पार गदै आएको बताउदै आगामी दिनमा यसलाई अझ सशक्त ढंगले अगाडी बढाउनु पर्ने उल्लेख गर्नुभयो । साधारण सभाले कोषाध्यक्ष ई।दिलिप अग्रहरीको प्रतिवेदन पारित गरेको छ ।
रक्तदान, धर्म संस्कृति संरक्षण लगाएतका विभिन्न रचनात्मक कार्य गर्दै आएको समाजले गरिब र जेहेन्दारलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा उपाध्यक्ष माया अग्रहरी, महासचिव रविन्द्र अग्रहरी, सहसचिव ओम प्रकाश बानिया अग्रहरी, केन्द्रीय सदस्य बालगोविन्द अग्रहरी, समाजका बुटवल अध्यक्ष अग्नी अग्रहरी, रेनु अग्रहरी, दिलिप अग्रहरी लगाएतले समाजले आगामी दिनमा आफ्नो समुदायको हक हित संगै सामाजिक काममा समेत सक्रिय भएर लाग्ने उल्लेख गर्नुभयो ।



