बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र ब्रिटिश काउन्सिल नेपालसँगको सहकार्यमा आयोजना गरेको IELTS शिक्षक तालिम सम्पन्न भएको छ । इक्यान रुपन्देहीको आयोजना तथा व्रिटिस काउन्सिल नेपालको सहकार्यमा तिन दिन सम्म सञ्चालनमा रहेको IELTS शिक्षक तालिममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)रुपन्देहीमा आवद्ध रहेका २७ वटा शैक्षिक परामर्श व्यवसायीलाई तालिम दिइएको थियो ।
IELTS शिक्षक तथा शैक्षिक परामर्श व्यवसायिलाई क्षमता अभिबुद्धि तथा दक्ष शिक्षक बनाउने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक समिर सुवेदीले बताउनुभयो । तिन दिन सम्म चलेको IELTS शिक्षक तालिममा प्रेम थापा क्षेत्रीले प्रशिक्षण दिनुभएको थियो ।
समापन कार्यक्रममा इक्यान रुपन्देहीका निबर्तमान अध्यक्ष देवबहादुर कुँवर,ब्रिटिस काउन्सिलका परिक्षा डाइरेक्टर कृष्टिना कन्सकार प्रतिक्षा थापा रायमाझि लगायतले शुभकामना दिदै यस तालिको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो ।
इक्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष राजेश पाण्डेको स्वागत र सचिव गोविन्द बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।



