भैरहवा । प्रभाबकारी कामै नगरी तलब भत्ता खादै आएको आरोप खेपिरहेका सिद्दार्थनगर नगरपालिकाका नगर प्रहरीलाई सक्रिय बनाउन थालिएको थियो । पालिका कार्यालयको चौकिदारिमा सिमित नगरप्रहरिलाइ अहिले सडक र फुटपाथ अतिक्रमण हटाउने काममा लगाएको छ । नेपाल प्रहरीको समन्वयमा पालिकाबाट खटिएको नगर प्रहरीले नगर क्षेत्रको सडक र फुटपाथ अतिक्रमण गरेर राखिएको विभिन्न साम्रगी नियन्त्रणमा लिएको छ । त्यस्तै संरचनाहरु हटाइएको छ ।
सडक र फुटपाथ अतिक्रमण गरेर राखिएको एक थान मोटरसाइकल, ठेला, काठ, विभिन्न प्रकारका साइन बोर्ड, फर्निचर लगायतका साम्रगीहरु नियन्त्रणमा लिइएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरी प्रमुख मनोज मल्लले बताए ।
‘हामीले विगत केही महिना देखि सडक र फुटपाथ अतिक्रमण गर्न नगर प्रहरी खटाएर सबैलाई सचेत गराउँदै आएका थियौ’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले भने, ‘अटेर गरिरहेका उपर अब कारवाही प्रक्रिया सुरु गरेका छौँ ।’



