बुटवल । निरन्तर सामाजिक क्षेत्रमा काम गर्दै आईरहेका लायन्स, लाइलेन्स र लियो क्लव बुटवलले निशुल्क स्वास्थ्य शिविर चलाएको छ । लायन्स, लाइलेन्स र लियो क्लव अफ बुटवलको संयुक्त आयोजनामा बुटवल बसपार्क परिसरमा भोक निवारण तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
निःशुल्क मधुमेह परीक्षण क्याम्पको उद्घाटन गर्दै लायन्स अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ पि नेपालका डिष्ट्रिक गर्भनर पि एम जे एफ लायन नवराज न्यौपानेले मधुमेह रोगको बारेमा सवै सचेत हुनु पर्ने भन्दै सवैले आफ्नो खानपानको बानी व्यहोरामा सुधार गर्नु पर्ने बताए । उनले बढ्दो शहरीकरण र विषादीयुक्त खाना नियमित व्यायाम नहुनाले मधुमेह धुम्रपान र मद्यपानको वृद्धिको कारण दिन प्रतिदिन मधुमेहको बिरामी बढेको बताए ।
कार्यक्रममा ३०० जनालाई खाना खुवाएको र २५० जनाको मधुमेह परीक्षण गरिएको कार्यक्रम संयोजक लायन विकाश पालिखेले जानकारी गराए । कार्यक्रम संयोजक लायन पालिखेले भोक निवारण कार्यक्रम क्लबले क्लबले पहिले देखि गर्दै आइरहेकाले यो पटक केहि नयाँ ठाउँमा नयाँ ढंगले कार्यक्रम गर्नका लागि बुटवल बसपार्कमा आउने बटुवाहरुलाई खाना खुवाउने निर्णय गरिएको बताए ।
लायन्स क्लब अफ बुटवलका अध्यक्ष लायन महेश प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम क्लवका सह सचिव लायन निरज लाकौलको संचालनमा सम्पन्न भएको थियो ।



