काठमाडौं । सरकारले पुस २७ गते बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए । पृथ्वी जयन्तीको अवसर पारेर सरकारले बिदा निर्णय गरेको हो ।
राप्रपाले सरकारलाई विश्वासको मत दिनु अगाडि पुस २७ गते बिदा दिने निर्णय गर्नुपर्ने सर्त राखेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि विश्वासको मत लिँदैछन् । राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनु पर्ने माग राख्दै आएको छ।



