भैरहवा । लुम्बिनीप्रदेशका सभामुखतुलाराम घर्ती मगरले पत्रकारहरु समाजको अभिन्नअंगभएको बताएका छन् । उनले पत्रकारिता र पत्रकारको संरक्षणमा राज्यले सधैं ध्यानदिनुपर्ने बताए । पत्रकारिता सुरक्षितहुनु भनेको गणतन्त्र र लोकतन्त्रको सुन्दर पक्ष रहेको उनले उल्लेख गरे । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको ९ औं स्थापनादिवसको अवसरमाशनिबार भैरहवामाआयोजितकार्यक्रममाबोल्दै सभामुख घर्तीमगरले आफू सधै पत्रकारको सुरक्षा, विकास र पक्षमावकालतगर्दै आएको जनाए ।
उनले पत्रकार र पत्रकारिता क्षेत्रमापनि केहीकमीकमजोरी रहे पनि समग्रमा राम्रापक्ष धेरै रहेको जनाए । लुम्बिनी प्रेस क्लब जस्ता संस्थाहरुले पत्रकारिता क्षेत्रलाई मर्यादितबनाउँदै लैजानु पर्नेमाजोड दिँदै यसतर्फ साकारात्मक काम हुनेमाआफू विश्वस्त रहने जनाए । प्रदेशसभाले पत्रकारमैत्री र हकअधिकारलाई ग्यारेन्टी हुने गरी कानूनबनाउने उनले बताए । ‘हामीले कुनै पनि हालतमा पत्रकारहरुका हकअधिकार कुण्ठित हुनदिँदैनौं, स्वस्थआलोचना गर्नु पत्रकारको धर्म हो’, उनले भने, ‘यसैले संचारमैत्रीकानून बन्छ, यसकालागि मैले खेल्नुपर्ने भूमिका खेल्छु ।’
उनले संघीयताले असहजतालाई सहजबनाएको जनाए । ‘केन्द्रिकृत शासनलाई घरघरसम्मपुर्याउने शासन नै संघीयता हो,’ उनले भने, ‘सफलकार्यान्वयनगर्नमा सबै लाग्नुपर्छ ।’ सभामुख घर्तीमगरले नेपालको संघीयताको मोडल नेपाल र जर्मनमाबाहेक अन्तकुनै देशमानभएको बताए । शासन प्रणाली आफैमा नराम्रो नरहेको बताउँदै सभामुख घर्तीमगरले कहिलेकसो नेपालमा दक्षिणको राजनीतिले प्रभावपार्ने बताए ।
‘नेपालमा संघीयताको विषयमाअझै टीकाटिप्पणी गर्ने समय भएको छैन’, उनले भने,‘भर्खर जन्मिएको ६ बर्षको बच्चा कसरी दौडिन सक्छ ?यसैले संघीयतालाई अझबलियो बनाउँदै लजाऔं ।’ उनले ब्युरोक्रेसीले राजनीतिगर्दा बिग्रेको बताउँंदै नेताले नेताको कामनगर्ने, कर्मचारीले कर्मचारीकोरुपमाकामनगर्दा देश बिग्रिएको आरोप लगाए ।
अहिलेकोब्यबस्थामा सबै खराब नरहेको बताउँदै सभामुख घर्तीले राजनीतिमाआउने सबै खराबनहुने तर्क गरे । ‘पात्र दोषीहोलान् तर सवै दोषीहुँदैनन् । को–को खराब छन् भन्नुपर्छ, तर सबैलाई एकै ठाउँमा राख्नु हुँदैन’, सभामुख घर्तीमगरले भने । एउटा घटनालाई लिएर सबैलाई दोषीभन्नू राम्रो नभएको बताउंदै उनले समाजमा ३ थरिका मान्छे भएको तर्क गरे । ‘एक थरिले देशको बारेमाबुझ्छन्, जे दियो त्यो सम्हाल्छन् ।
अर्को मान्छे गतिलाइमानदारी तर भनेर गर्ने, नभने नगर्ने खालका छन्, अटेरी छन्’, उनले भने,‘पहिलो जिम्मेवारी, दोस्रो आज्ञाकारी, तेस्रो अटेरी खालका मान्छे भएको र अहिले अटेरी खालको ट्रेन हाबीभएको छ ।’ लुम्बिनीप्रदेशका सामाजिकबिकास मन्त्रीचन्द्रकेश गुप्ता (सीके) ले विकसितमुलुकबनाउनआजैबाट सुरुवातगर्नुपर्ने बताए । कुनै नेताले राम्रो गर्न सके त्यही पार्टीबाट असहयोग हुने उनको तर्क थियो ।
सत्तामा मात्रै कसरी टिकिइरहने भन्ने मात्रै नेतामाचिन्ताभएकाकारण आज युवा पलायन भएको उनले बताए । परिवार चलाउन युवा परदेश जानू बाध्यता रहेको तर्क गरे । ‘ठुला दलले प्रदेश सरकारलाई नेता कार्यकर्ता थुपार्ने थलो बनाएका छन्’, उनले भने,‘प्रदेश सरकारलाई अधिकार नै छैन । कसरी संघीयता बलियो हुन्छ ।’
उनले नेपाल भनेको काठमाडा ैंमात्रै हो भन्ने मानसिकता बिकास भएको बताए । ‘खेतीपातीको बारेमाथाहा छैन,त्यही कृषिमन्त्री हुन्छ’, उनले भने,‘देशलाई बिकसित बनाउन कृषिको आधुनिकरण गर्नुपर्छ । त्यो बुझेको र गर्न सक्नेलाई मन्त्री बनाउनुपर्छ ।’ उनले लुम्बिनी प्रेस क्लबले पत्रकारिताको विकासमा महत्वपूर्ण योगदानदिएको जनाए । पत्रकारले कलमका माध्यमबाट गर्ने सकारात्मक आलोचनालाई सधैं नेतृत्वतहमा बस्नेले स्कीकार गर्दै कमीकमजोरी सुधारेर अघि बढ्नुपर्ने उनले जोड दिए ।
सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमदखानले पर्यटकलाई टिकाउनका लागी सवैले मिलेर कामगर्नुपर्ने बताए । सिद्धार्थनगर पर्यटकीय सहर बनाउन सबैको सहयोगको अपेक्षागर्दै खानले पर्यटकलाई अतिथिको रुपमा व्यवहार गर्नुपर्ने बताए । उनले लुम्बिनी प्रेस क्लब र यसमा आबद्ध पत्रकारहरुले समाज र देशका लागि गरेको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्काले पत्रकारले पेशागत धर्म निभाउनु पर्ने बताए । राज्य सत्ताको संचार सदैब विपक्षमा रहनुपर्ने बताउँदै आफ्नो धर्म नछाडेर काम गर्नुपर्नेमा जोड दिए । उनले पत्रकारहरुरुले क्षमता वृद्धिका कार्य गर्नुपर्नेमाजोड दिँदै लुम्बिनी प्रेस क्लबले संचारक्षेत्रमा गरेको योगदान गर्विलो रहेको उल्लेख गरे ।
संचारकर्मीलाई संघीयता अझै नआएको तर्क गर्दै उनले सानो कामका लागि राजधानी जानुपर्ने बाध्यता रहेको बताए ।
लुम्बिनी प्रदेशमा संचारका कानुन नबन्दा संघीयताको महसुस पत्रकारलाई नभएको बताए । लुम्बिनी प्रदेशमा ५० प्रतिशत पत्रकारलाई ससम्मान बिदाइ गरेको बताउँदै खड्काले पत्रकारको शुद्धीकरणका लागि समेत पत्रकार महासंघले अभियान थालेको बताए । शुद्धीकरण संगसंगै क्षमता अभिबृद्धिका लागि समेत महासंघले भूमिका खेलेको बताए ।
नेपाल पत्रकार महासंघ, रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले पछिल्लो समयमा पत्रकार कति आलोचक र प्रशंसक हुनेभन्नेमा सचेत नभएको बताए । पोखरेलले पत्रकार बढी लम्पसार र बढी आलोचक हुनबाट बच्नुपर्ने बताए । उनले सत्तालाई सधै प्रश्नगर्नुपर्ने जनाए । प्रेस क्लबले यो क्षेत्रकाआफ्नो भूमिका निभाएको उनले जनाए । हजारौं युवाहरुको बिमानस्थलमा लाइन लागेको तर्क गर्दै पोखरेललले सवै मिलेर सुधार गरी देश बनाउनु पर्ने बताए ।
राजनीतिक नेतृत्व र कर्मचारी तन्त्रका कारण देशका युवापलायन भइरहेको उनको आरोप छ । लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले क्लब सदैब गतिशिल रुपमा संचार क्षेत्रको विकासगर्न,विसंगतीविरुद्ध आवाज बुलन्दगर्न र समाज रुपान्तरणमा अघि बढेको जनाए ।
सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले सामुूहिक रुपमा गर्ने राम्रा कार्यलाई सबैले अपनत्वलि नुपर्ने बताइन् । यहाँको एजेन्डा सुन्दर नगर, पर्यटकीय नगर बनाउन लागिपरेको बताउंदै नगरको बिकासमा सबैले हातेमालो गर्नुपर्ने बताइन् । यसमा प्रेस क्लबले खबरदारीसहित साथ र सहयोग गर्दै आएको उनको भनाई छ ।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले राज्यले उद्योगीलाई बचाउने, लामो समय टिक्ने नीतिबनाउनु पर्ने बताए । राज्यले राजस्वमात्रै लिने तर उद्योगको बिकासका निम्ति भूमिका नखेल्दा उद्योगी धरासायी बनेको तर्क गरे । उनले प्रेस क्लबमा आबद्ध पत्रकारहरुले राज्यलाई झकझक्याउने कामगरिरहेको जनाउँदै आगामी दिनमा पनि आर्थिक विकासका क्षेत्रमा सहकार्य गर्न अनुरोध गरे ।
लुम्बिनी प्रेस क्लबका निबर्तमान अध्यक्ष नरेश केसीले लुम्बिनी प्रेस क्लबपत्रकारिताको क्षेत्रको विकास, विस्तार र सभ्य समाज निर्माणमा क्रियाशिल भएको बताए । उनले पत्रकारका हकहितका निम्ति सदैब तत्पर रहेको बताए । क्लबले आफ्नो ९औं स्थापना दिवसको अवसरमा भैरहवा–लुम्बिनी २२ किमीलामो बौद्ध संचार यात्रा र लुम्बिनी सुपर सिक्सेस कर्पोरेट क्रिकेट प्रतियोगिता गरेको थियो ।
कार्यक्रममा संचार यात्रामा सहभागीहरुलाई सम्मान गरिएको थियो । यस्तै, सहयोगी संस्था र प्रेस क्लबका संस्थापक पदाधिकारीलाई पनि सम्मान गरिएको थियो । २०७२ सालमा स्थापितक्लबमा भैरहवा, लुम्बिनी र धकधई क्षेत्रका ४० जनापत्रकारहरु आबद्ध छन् ।क्लबले पत्रकारितासँगै समाजमा सकारात्मक सन्देश दिने खालकाकार्यक्रमगर्दै आएको छ ।
पत्रकार शर्मालाई प्रेस रत्न, पछाईलाई प्रेसिडेन्टियल अबार्ड
यसैबीचलुम्बिनी प्रेस क्लबले आफ्नो ९ औं स्थापनादिवसको अबसरमादुई जनापत्रकारलाई नगदसहित सम्मान गरेको छ । क्लबले ‘लुम्बिनी प्रेस रत्न २०८०’ बाट नगद२५ हजार राशीसहित प्रेस क्लबका सल्लाहकार मनोरञ्जन शर्मालाई सम्मान गरेको छ । त्यसैगरी प्रेसिडेन्टियल अवार्डबाट प्रेस क्लबकापूर्ब अध्यक्षदिपेश पछाईलाई ११ हजार नगद राशी सहित सम्मानपत्रले सम्मानि तगरिएको हो । दुई दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकारद्वय शर्मा कारोबार दैनिकमा आबद्ध छन् भने पछाई मेचिकाली दैनिकमा आबद्ध छन् ।



