चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्ने भएको छ । अस्पतालको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थीले बुधवार एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको छ ।
भवन निर्माणको कुल लागत २० करोड ९६ लाख ३ हजार ३२६ रुपैयाँ रहेको छ । २०८१ फाल्गुन सम्म अस्पताल भवन निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । सिलान्यास कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले ठेक्का भएको १३ महिना पछि भवन निर्माणको काम सुरु भएको बताउनु भयो । अस्पताल भवन निर्माणमा नगरपालिकाले सहयोग पुराउने शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले बताउनु भयो ।
सरुवा रोग अस्पतालले नगरको गरिमा बढाउने थापाको दाबी रहेको छ । प्रदेश सरकारले डिपिआर गराई भवन निर्माणको लागि कपिलवस्तु निर्धारण भएको प्रदेश स्वास्थ्य सचिव डा. विनोद गिरीले बताउनु भयो ।



