बुटवल । पाल्पाको झुम्सा नजिकै बस र स्कुटर ठोक्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्युु हुनेमा पाल्पाको बगनासकाली गाउँपालिका–६, यम्घाका ४३ वर्षीय रामचन्द्र न्यौपानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नम्बरको बससँग सोही दिशातर्फ जाँदै गरेको लु ७७ प १९६ नम्बरको स्कुटर ठोक्किदा स्कुटर सवार न्यौपानेको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लकाअनुसार बसलाई उछिन्ने क्रममा बससँग ठोक्किँदा न्यौपानेको मृत्यु भएको हो । दुर्घटना गराउने बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



