भैरहवा । विश्वमै लोकप्रिय खेलका रूपमा रहेको स्केटिङ’ ंरुपन्देहीको सिद्धार्थनगरपालिका ८ अञ्चलपुरमा पनि ’स्केटिङ पार्क’ सञ्चालनमा आएको छ । बि.एन.सि. अटोमोबाईल्स गु्रपले व्यवसायलाई विस्तार गर्दै बि.एन.सि.‘स्केटिङ पार्क’ सञ्चालन गरेको हो ।
बालबालिकादेखि प्रौढसम्मका सबैले खेल्न मिल्ने यो खेलबाट मनोरञ्जन साथै शारीरिक र मानसिक पनि राम्रो मानिन्छ । कम्पनीका सञ्चालक ओमप्रकाश श्रेष्ठका अनुसार खेलमा रुचि राख्ने र यसैलाई करिअर बनाउन चाहनेले पनि यसलाई प्रयोग गर्न सक्ने बताउनुभयो । ट्रेनर सँगै सुरक्षाका लागि हेलमेट, सेफ्टी गार्ड, नि गार्ड लगायतका सामग्री सहित सञ्चालन गरिएको छ ।
साहसी खेल प्रेमीका लागि लक्षित गर्दै ’स्केट पार्क’ सञ्चालनमा ल्याएको श्रेष्ठले बताउनुभयो । उहाँले पछिल्लो समय स्केटिङमा किशोरकिशोरी तथा युवायुवतीको आकर्षण बढ्दो रहेको र सोहीलाई मध्यनजर गर्दै स्केिटङ पार्क सञ्चालनमा ल्याएको बताउनुभयो ।
सञ्चालकहरु चन्द्रकान्त भट्टराई, नुमाखर डुम्रे, ज्ञानेन्द्र जिसि, विजय यादव र ओम प्रकाश श्रेष्ठको लगानीमा सञ्तालनमा आएको स्केट पार्कले ८ जनालाई रोजगारी समेत दिएका छन् । अब स्केट पार्क नियमित खेल र अभ्यासका लागि खुल्ला हुनेछ ।
स्केटिङ गर्न प्रतिघण्टा १सय ५० रुपैयाँ लाग्ने छ भने थप गर्न प्रति घण्टा १०० रुपैयाँ लाग्ने छ । खेलमा सहभागि हुनका लागि १० वर्ष भन्दा तलका बालबालिकालाई अभिभावक साथमा आउनुपर्ने हुन्छ । त्यस्तै १० वर्ष भन्दा माथिका सबैले आफ्नो सुरक्षाको आफै ख्याल गर्दै खेलमा सहभागि हुन पाउने बताईएको छ ।
प्रारम्भिक चरणमै विदाको दिन दैनिक ३ सय देखि ४ सय जना र अरु दिन ३५ देखी ४० जना स्केटिङ खेल्ल आउने गरेको सञ्चालकहरु बताउँछन् ।






