बुटवल । बुटवल ११ कालीकानगरमा रहेको इन्टलेक्चुअल स्कूलमा आइतबार खेलकुद सप्ताह समापन गरीएको छ ।
खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजीत खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा बिद्यार्थीहरुलाई विभाजन गरि प्रतियोगिता गराईएको थियोे ।
नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने खेलकुद कार्यक्रममा भलिवल, फुटसल,रीले दौड सटपट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड, बास्केटबल,खो खो लागायतका खेलहरूमा प्रतिस्प्रर्धा गराईएको थियो । खेल सप्ताहको अबसरमा मेडल प्रमाणपत्र र ट्रफी प्रदान गरेर पुरस्कृत गरिएको थियो । पुरस्कार प्रदान गर्दै स्कूल सञ्चालकका अध्यक्ष गोबिन्द प्रसाद मरासिनीले खेलकुदले बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने बताउनुभयो ।
अतिरिक्त क्रियाकलाप संयोजक सुरज बिकको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन कोर्डिनेटर मित्रजन भन्डारीले गर्नुभएको थियो । खेलासप्ताह गत बुधबारदेखि शुरु गरिएको थियो । सो कार्यक्रममा स्कुलका सस्थापक अध्यक्ष डा कृष्ण खरेल नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा निर्बाचित हुनुभएकोमा सम्मान गरिएको थियो । सो कार्यक्रममा स्कुलका सस्थापक अध्यक्ष डा कृष्ण खरेल , संचालक एवं प्रबन्ध निर्देशक रामराज पोख्रेल लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो ।



