पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पूर्वाधार तथा विकासको क्षेत्रमा बुटवलले असाधारण फड्दो मार्ने दाबी गरेका छन् । यहाँ सुरु गरिएका ठूला बिकासका आयोजनाहरु सम्पन्न भएपछि यहाँको बिकास मुलुककैं लागि नमूना देखिने उनको दाबी छ । बुटवल–११ प्रगतिनगरमा बुधबार मतदाताहरुसँग अन्तरक्रिया गर्दै पौडेलले यहाँ सुरु गरिएका ठूला पूर्वाधार निर्माणका कामलाई कसैले पनि राजनीतिक रङ्ग नदिएर सम्पन्न गर्दा यहाँका बासिन्दाको जीवनस्तरमा उल्लेख्य सुधार हुने बताए ।
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनु भएका पौडेलले तिनाउ–दानव करिडोर निर्माण भएपछि बुटवल नमूना शहरको रुपमा बिकास हुने बताए । कोरिडोर निर्माणको नाममा यहाँका कुनै पनि बासिन्दालाई बिचल्लित नपारिने उहाँले स्पष्ट पार्दै नदी नियन्त्रण गरी व्यवस्थि शहर निर्माण गर्ने उद्देश्यले कोरिडोर निर्माणको काम अघि बढाइएको बताउँदे उहाले कोरिडोर क्षेत्रमा पर्ने घर–परिवारलाई समेत व्यवस्थित र सुरक्षित स्थानमा व्यवस्थापन गरिने प्रतिवद्धता जनाए । कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री लिला गिरीले एमाले सरकारमा सुरु गरिएका पूर्वाधार निर्माण र विकासका कामलाई पूर्णता दिनका लागि मंसिर ४ मा जनताले सुर्यमा मतदान गर्न आग्रह गरेका छन् । जनताको समस्या बुझ्न र बिकासका लागि नेकपा एमालेको नेतृत्व अनिवार्य रहेको बताउँदे उनले आगमी मंसिर ४ मा जनताले एमालेकै पक्षमा फैसला गर्ने बताए । यसैगरी बुटवलमा निर्माण हुँदे गरेको महत्वकांक्षी योजना तिनाउ–दानव कोरिडोरले यहाँको जीवनस्तरमा उल्लेख्य परिवर्तन ल्याउने उनको भनाई छ ।



